शिक्षा
खुला वेब सिर्जनाकर्ताहरूको नयाँ पुस्तालाई सशक्त बनाउँदै

बारेमा
खुला स्रोत इकोसिस्टममा स्पष्ट र सुगम पहुँच हुने मार्गहरू सिर्जना गर्दै। हामी सिक्नेहरूलाई आफ्ना ज्ञानलाई अभ्यासमा रूपान्तरण गर्न, आफ्ना शक्तिहरू पत्ता लगाउन, र आफ्ना योगदानहरूले कसरी वास्तविक प्रभाव पार्न सक्छन् भन्ने बुझ्न सहयोग गर्दछौँ।
व्यावहारिक कार्यक्रमहरू र सहयोगी समुदायहरू मार्फत, हामी मानिसहरूलाई नयाँ सीपहरू विकास गर्न र वर्डप्रेस इकोसिस्टमका योगदानकर्ताका रूपमा आफ्नो पहिलो कदम चाल्न सशक्त पार्छौँ।
विश्वभरि रहेका क्याम्पसहरू र समुदायहरूमा, सहभागीहरूले व्यावहारिक अनुभव हासिल गर्छन्, वास्तविक परियोजनाहरू प्रकाशित गर्छन्, र खुला स्रोत सिर्जनाको ग्लोबल संस्कृतिका योगदानकर्ताको रूपमा आत्मविश्वास निर्माण गर्छन्।
सिक्नुहोस्।
निर्माण गर्नुहोस्।
जोडिनुहोस्।
हाम्रो ध्येय
हामी क्याम्पसमै विद्यार्थीहरूका लागि वर्डप्रेस शिक्षालाई प्रत्यक्ष रूपमा उपलब्ध गराउन लक्ष्य राख्छौँ, जसले गर्दा तपाईँहरूलाई आफ्नो अध्ययन र भविष्यको करिअरका लागि यो प्लेटफर्मको सम्भावना पत्तो लगाउने सामर्थ्य प्राप्त होस्। हामी कक्षा कोठा र विश्वव्यापी वर्डप्रेस समुदायबीचको खाडल कम गर्न प्रयासरत छौँ, जसले विकास र अवसरलाई प्रेरित गर्ने जडानहरूलाई प्रवर्द्धन गर्दछ।

पहलकदमीहरू
वर्डप्रेस शिक्षा तीनवटा मुख्य पहलहरू प्रदान गर्दछ, जसमा प्रत्येकले सिक्नेहरूले सीप विकास गर्न, समुदायसँग जोडिन, र खुला स्रोत परियोजनाहरूमा योगदान गर्न व्यावहारिक उपायहरू उपलब्ध गराउँछ।
यस पहलले विद्यार्थीसहित व्यावसायिकहरूलाई जोड्ने व्यवहारिक कार्यक्रमहरू मार्फत वर्डप्रेसलाई विश्वविद्यालयहरूमा ल्याउँछ र उनीहरूलाई मुक्त स्रोत सहकार्यसँग परिचित गराउँछ।

पहलमार्फत के भइरहेको छ हेर्नुहोस्
- When I stepped into the role of Program Manager for WPCredits in Latin America, one of the goals I set […]
- WordCamp US is almost here, and the Education working group will be there with a dedicated table at Contributor Day […]
- A first-time WP Credits mentor reflects on what his cohort revealed about onboarding, scoping projects, and connecting students to the […]
अभियानमा सहभागी हुनुहोस्!
वर्डप्रेस शिक्षा खुला सिकाइ र सहकार्यमा विश्वास गर्ने व्यक्तिहरूबाट सञ्चालित हुन्छ।
यदि तपाईँ यो बढ्दो ग्लोबल समुदायको हिस्सा बन्न चाहनुहुन्छ भने, भविष्यको वर्डप्रेसमा योगदान गर्न सुरु गर्न #campus-connect र #wpcredits च्यानलहरूमा Make WordPress Slack भित्र भएको कुराकानीमा सहभागी हुनुहोस्।

